ताप्लेजुङमा लागुऔषध ट्रामाडोल हाईड्रोक्लोरिड सहित दुई जना पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका ४ र फुङलिङ नगरपालिका ४ का दुई युवा लागु औषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नंं. ४ साँवाका २८ वर्षीय प्रनिस लिम्बु र फुङलिङ नगरपालिका वडा नं. ४ का २० वर्षीय विनोद लिम्बुु रहेका छन् ।
फुङलिङ नगरपालिका वडा नं. ५ स्थित ट्याक्सी काउन्टरबाट लागुऔषध जस्तो शंका लागेर प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्दा ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल भएको पुष्टि भएको हो ।
प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार विनोदका साथबाट ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल १० वटा र प्रनिसको साथबाट सोही क्याप्सुल २ वटा बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



















