ताप्लेजुङको आठराई त्रिवेणीमा बिजुलीको करेन्ट लागेर पालिकाका कर्मचारी गम्भिर घाईते

मदन गौतम
असार २, २०८१

ताप्लेजुङ ।   ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिकाका कर्मचारी दिपक भटटराई चुडिएको बिजुलीको तारबाट करेन्ट लागेर गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ४० वर्षीय भट्टराई आफ्नो घर फुलवारीबाट मोटरसाइकलमा कार्यालय हाङपाङतर्फ जाँदै गर्दा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेको थियो । घाइते भट्टराईलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरिएको प्रहरी निरीक्षक लुङगेलीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*