ताप्लेजुङको फुलवारीमा साबुन बनाउने तालीम
ताप्लेजुङ । आठराई त्रिवेणी गाँउपालिका २ फुलवारीमा सात दिने साबुन बनाउने तालीम सम्पन्न भएको छ । सगरमाथा बहुउद्देश्यीय महिला समूहको आयोजना र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीममा २० जना दिदी बहिनीहरुको सहभागिता रहेको आठराई त्रिवेणी गाँउपालिका उपाध्यक्ष शान्ता आङबुहाङले जानकारी दिनुभयो ।
तालीम समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिपेन पोमुले तालीममा प्राप्त प्राप्त गरेको सीपको उपयोग गरेर सामूहिक उत्पादनमा जोड दिदै व्यवसायिक उत्पादन सुरु गर्न सहभागीलाई आग्रह गर्नु भएको थियो ।
अध्यक्ष पोमूले आर्जन गरेका सीपलाई व्यवसायिक उत्पादनसंग जोड्ने प्रयास सहभागीले सुरु गरे गाउँपालिकाले त्यसका लागि सहयोग गर्ने बचन समेत दिनु भएको छ ।



















