ताप्लेजुङमा पहिरोमा परी गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

वेलकम खबर
जेष्ठ ३२, २०८१

ताप्लेजुङ । गए राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउपालिकाका उपाध्यक्ष रविन साम्राका ७० बर्षिय बुबा रामबहादुर साम्रा ,उनकी श्रीमति ५० बर्षिया जसमाया साम्रा, ९ बर्षिया छोरीहरु जमुना र गंगाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् ।
यसअघिसिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*