पाथीभरा क्याम्पस मा ‘ पुर्व विधार्थी मञ्च’ गठन, अध्यक्षमा गुरुङ

वेलकम खबर
जेष्ठ २७, २०८१

ताप्लेजुङ । राजकुमार गुरुङको अध्यक्षतामा पाथीभरा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्च गठन भएको छ।क्याम्पसको प्राङ्गणमा शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले उपाध्यक्षद्धयमा कुमार खवास र चित्रकुमारी चंसु, सचिवमा राजकुमार बानिया, सहसचिवमा जीवन कालिकोटे र कोषाध्यक्षमा तेन्जी याङ्की भोटियासहितको १९ सदस्य कार्यसमिति चयन गरेको  हो ।
यस अघि गुरुङको अध्यक्षतामै पाथीभरा क्याम्पसमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरूलाई एकत्रित गर्नका लागि तदर्थ कमिटी समेत गठन गरिएको थियो। आजबाट भने पूर्ण समितिले आफ्ना कार्य सञ्चालन गर्ने सचिव राजकुमार बानियाले जानकारी दिनुभयो । साथै पूर्ण कमिटी निर्माणसँगै “   मैले पढेको पाथीभरा क्याम्पसका लागि मेरो हजार सहयोग”  अभियान पनि आजबाटै शुभारम्भ गरिएको छ ।यो अभियान अन्तर्गत क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले क्याम्पसलाई सहयोग स्वरूप न्यूनतम एक हजार रूपैयाँ सहयोग गर्न सक्ने उहाँले बताउनुभयो।
पूर्व विद्यार्थी मञ्च बनाउन पाउने कार्यविधि नै रहेकाले आफूहरूले पूर्व विद्यार्थी मञ्च पाथीभरा क्याम्पसमा पनि स्थापना गरेको मञ्चले बताएको छ। त्रिभुवन विश्वविद्याले पूर्व विद्यार्थीहरूले विद्यार्थी मञ्च घोषणा गरी क्याम्पसको  चौतर्फी विकासमा सहयोग गर्न सक्ने विधानको व्यावस्था गरेको छ ।
पूर्व विद्यार्थीहरूलाई एकत्रित गर्ने र तथ्याङ्क अभिलेखीकरण गर्ने आफूहरूको कार्य रहने नवगठित मञ्चले बताएको छ। साथै क्याम्पसको चौतर्फी विकासमा अग्रसर भएर अघि बढ्ने पनि बताइएको छ ।  रेडियो ताप्लेजुङ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*