ताप्लेजुङमा ५८ वर्ष यताकै बढी गर्मी

वेलकम खबर
जेष्ठ १७, २०८१

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, ताप्लेजुङका अनुसार गत शनिबार जेठ १२ गते २९‍‍ दशमलब ८ र जेठ १६ गते बुधवार २८ दशमलब ८ डिग्री तापक्रम रेकर्ड गरिएको हो ।

यो ५८ वर्षअघिको तापक्रमभन्दा बढी रेकर्ड भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका प्रमुख देवी ढकालले बताउनुभयो ।

यसअघि सन् १९६६ को मे महिनामा २८ दशमलब ७ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङ १७ सय मिटर उचाइमा छ ।  कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*