लागू औषध विरुद्ध ताप्लेजुङ प्रहरीको सक्रियता,बुधबार एकै दिन फुङ्लिङ बजारबाट चारजना पक्राउ
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागू औषध विरुद्ध पछिल्लो समय सक्रियता बढाएको छ । लागू औषध विरुद्ध फुङ्लिङको कोप्चेबाट दुईजना पक्राउ गरिएको एक हप्ता नबित्दै प्रहरीले बुधबार एकै दिन चारजनालाई फुङ्लिङ बजारबाट पक्राउ गरेको छ । फुङ्लिङ नगरपालिका वडा नम्बर ६ दाहालगाउँ स्थित शम्भु पोखरेल र रोशन पोखरेलले लागू औषध बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटी गई चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षका शुभम पोखरेल ,सोही ठाउँ बस्ने वर्ष २५ का रोशन पोखरेल, वर्ष २२ का लाक्पा छिरिङ शेर्पा र फुङ्लिङ नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का हरि प्रसाद बराल रहेका छन् । घर भित्र लुकाई छिपाई राखेको लागू औषध प्रहले जफत गरी सात दिन हिरासतमा राख्ने अनुमतिले अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद लुंगेलीले जानकारी दिनुभयो । रेडियो ताप्लेजुङ



















