ताप्लेजुङमा पोलियो बिरुद्धको आई.पि.भी खोप अभियान दुई चरणमा सञ्चालन हुने

मदन गौतम
जेष्ठ १२, २०८१

ताप्लेजुङ– ताप्लेजुङका ९ स्थानीय तहका २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएका (५.५बर्ष देखि ८ बर्ष सम्म)का बालवालिकालाई पोलियो बिरुद्धको आई.पि.भी खोप अभियान दुई चरणमा ६ हजार ७ सय ५० बालबालिकालाई खोप दिने भएकोछ । पोलियो बिरुद्धको ओ.पि.भी खोप एकबर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको माध्यमबाट नियमित रुपमा दिईदैं आएको छ । यो रोग बिरुद्धको ओई.पि.भी खोप २०७१ सालबाट प्रदान गर्न थालिएकता पनि २०७३ साल देखि विश्व बजारमा यो खोपको अभाव भएर आपूर्ति नभएका कारण दुईबर्षको समयाअवधीमा खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी ओई.पि.भी खोप दिने उद्देश्यले यो अभियान देशै भरि सञ्चालन गर्न लागिएको हो ।
ताप्लेजुङमा जेठ १३ गते देखि १८ गते सम्म पहिलो चरणमा खोप अभियान मार्फत आई.पि.भि खोप दिईने भएको छ । जिल्ला खोप समन्वय समितिले शनिवार फुङलिङमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणको खोप अभियान जेठ २० गते देखि २५ गते सम्म ५ स्थानीय तहमा सञ्चालन हुने छ । दोस्रो चरणको खोप अभियान मिक्वाखोला गाउँपालिका,सिरिजङ्गा गाउँपालिका, मैवाखोला,गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकामा संचालन गर्ने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
खोप अभियान संचालन गर्न जिल्ला भरि जम्मा ३ सय ९८ वटा केन्द्र निर्धारण भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायले बताउनुभयो । रायका अनुसार ३ सय ४८ जना बिद्यालयलाई खोप केन्द्र निर्धाण गरिएको छ भने बाँकी ५० खोप केन्द्र अन्य स्थानमा रहने छन । खोप अभियान संचालन गर्न १ सय २१ जना खोप दिन स्वास्थ्यकर्र्मी र आवश्यक सहयोगका लागि ७ सय ९६ जना स्वयंसेवक परिचालित हुने भएका छन । त्यस्तै अभियानमा शिक्षक र स्वास्थ्यकर्र्मी गरि ४ सय ४८ जना परिचालित हुने तथा सुपरीवेक्षणका लागि ७३ जना खटिने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*