ताप्लेजुङमा खैरो हिरोईन सहित २ जना पक्राउ

वेलकम खबर
जेष्ठ ११, २०८१

ताप्लेजुङ। ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का ४८ वर्षीय प्रेमकुमार गुरुङ र फुङलिङ १ का चन्द्रबहादुर लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार गुरुङलाई बिहीबार दिउँसो लागु औषध खैरो हिरोइन जस्तो देखिन पदार्थ ०.१६ ग्राम र नगद ३७ हजार ६ सय रुपैँया सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनको साथबाट फेला पारिएको पदार्थ चन्द्र लिम्बूबाट खरिद गरेको पाइएकोले लिम्बूलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । लिम्बुको साथबाट नगद  ३ हजार ६ सय ३० रुपैयाँ र १ थान मोबाईल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धानलाई जारी राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*