तमोर मेवा जलविद्युत आयोजना १२८ मेघावाटको शिलान्यास, २४ अर्ब ३२ करोड लागत

वेलकम खबर
जेष्ठ ११, २०८१

ताप्लेजुङ । तमोर–मेवा जलविद्युत आयोजना १ सय २८ मेघावाटको आज शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका १ स्थित नाङ्गे पुछार बगरेमा पूर्व संविधान सभा सदस्य सञ्चपाल मादेनको प्रमुख आतिथ्यतामा आयोजनाको शिलान्यास गरिएको हो ।

२०५६ सालमै अध्ययन सुरु गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा सञ्चालित यस आयोजनाको करिब २६ वर्षपछि निर्माणको काम सुरु भएको छ । तमोर नदी र मेवाखोलाको पानीलाई संयुक्त रुपमा संकलन गरी १ सय २८ मेघावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी बिहीबार आज शिलान्यास गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिकका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको कार्य आगामी २०८५ साल असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना कुल २४ अर्ब ३२ करोडका लागतमा निर्माण सम्पन्न हुने प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा पूर्व संविधानसभा सदस्य मादेन, कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगाम, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, उपाध्यक्ष दुर्गाश्रेङचोङबा, प्रभावित वडाका वडाध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।-radiokabeli

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*