महिला हाफ म्याराथनमा सुनसरी रोकाया प्रथम

मदन गौतम
जेष्ठ ७, २०८१

ताप्लेजुङ ।ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालन भएको महिला हाफ म्याराथनको प्रथम सुनसरी रोकाया भइन ।आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारित ३८खकिलोमिटर दूरी पार गर्दै प्रथम भएकी हुन ।उक्त प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं। ६ देखि तल्लो फेदी काफ्ले पार्टी पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्म ३९ किलोमिटर दूरी निर्धारण गरिएको थियो । यसै फुङलिङ नगरपालिका ६ का कुमारी गुरुङ दोस्रो स्थान हासिल गरिन । उनले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा उत्त दूरी पार गरेकी हुन । त्यस्तै मैवाखोला गाउँपालिकाकी विनिता तामाङ तेस्रो भइन । यस आगाडि भएको प्रतियोगितामा प्रथम भएकी मैवाखोला गाउँपालिकाका सोमपाल्मू शेर्पा पाचौँ स्थान हासिल गरिन । प्रतियोगिताको प्रथम ,दितिय र त्रितियले क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पाउने छ । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १०औं स्थान सम्म आइपुग्ने प्रतियोगीहरूले समान ५ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ४७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*