पाथीभरा म्याराथनको उपाधि होेमलाल श्रेष्ठले जिते
ताप्लेजुङ ः ताप्लेजुङमा जारि ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालीत खुल्ला पुरुष म्याराथ प्रतियोगितामा होमलाल श्रेष्ठले उपाधि जित्नुभएकोछ । नेपाल आर्मी क्लबका श्रेष्ठले फुङ लिङको पाथीभरा चोक देखि पाथीभरा मन्दिर सम्मको ४८ किलोमिटर आवतजावत दुरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन । त्यस्तै दोस्रोमा तिलक सुनुवार बने ।उनले निर्धारीत दुरी ४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गररेका हुन भने तेस्रो हुने प्रताप थाम्सुहाङले निर्धारीत दुरी ४ घण्टा १३ मिनेट २४सेकेन्डमा पार गर्दै तृतिय स्थान हसिल गर्नु भयो हो ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १०औं स्थान सम्म आइपुग्नेलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जम्मा ११६ जना धावकका विच प्रतिस्पर्र्धा भएको थियो ।



















