चौथो मेयरकप पुरुष भलिबलको उपाधिका लागि पाथीभरा याङवरक र सिदिङवा भिड्दै

मदन गौतम
जेष्ठ ६, २०८१

ताप्लेजुङ –फुङलिङ नगरपालिकामा जारी चौथो मेयरकप प्रतियोगितामा पाथीभरा याङवरक गाउपालिका र सिदिङवा गाउपालिका विच उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका छन । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा संचालन गरिएको मेयरकप भलिबल प्रतियोगिता भोली फाईनल हुने भएकोछ ।पाथीभरा याङवरकले सेमिफाईनलमा मिक्वाखोलालाई सोझो सेटमा जित निकालेर फाइनलमा पुगेको टिम हो भने सिदिङवा गाउपालिले सिरिजघालाई पछिपारेर उपाधिका लागि फाइनलमा पुगेको पालिका हो । महोत्सव उद्धघाटनका दिन सुरु भएको प्रतियोगिता समापनका दिन सकिने फुङलिङ नगर खेलकुद समिति तथा सामाजिक विकास संयोजक क्षितिज सुनुवारले बतानउनुभयो । यस प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद २ लाख ७५ हजार १ सय र १ लाख ४० हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलबाट बाहिरिने दुई टीमलाई ४५ हजारका दरले नगद उपलब्ध गराईने संयोजक सुनुवारले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*