वक्तृत्वकलामा फक्ताङ्लुङका टेकहाङ लिम्बु प्रथम

मदन गौतम
जेष्ठ ६, २०८१

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा शनिवार भएकोअन्तरपालिकास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका स्थिति सेवालुङ माविका टेक हाङ लिम्बू प्रथम भएका छन् ।

ताप्लेजुङमा पर्यटनको सम्भावना र चुनौती शीर्षकमा सम्पन्न भएको उक्त प्रतियोगितामा वक्ता लिम्बूले ७१।३३ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम हुनु भएको हो । यस्तै द्वितीय र तृतीयमा क्रमश सिरिजङ्घा गाउँपालिकाको सिनाम माविकी लोजी थेवे र फुङ्लिङ नगरपालिकाको भानु माविकी विद्याता पोखरेल भएका थिए । उनीहरूले ७१ र ६८ अङ्क प्राप्त गरेका छन् ।

प्रतियोगिताको प्रथम लिम्बूले ८ हजार रुपैयाँ पाएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सहभागि हुने प्रत्येकले जनही ३ हजार रुपैयाँ यातायात खर्च बापत प्राप्त गरेका छन् । प्रतियोगितामा ताप्लेजुङका ९ वटा स्थानीय तहका विद्यालयका विद्याथीहरुको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*