डोको क्यारी रनको उपाधि कार्कीको हातमा

मदन गौतम
जेष्ठ ६, २०८१

ताप्लेजुङ–ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को चौथो दिन आज भएको डोको क्यारी रन प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका ताप्लेजुङका छत्र कार्कीले उपाधि हात पारेका छन ।

कार्कीले फुङलिङ ५ महोत्सवस्थलबाट पैंयुबोटेमा रहेको सानो पाथीभरा मन्दिर सम्मको दुरी १ घण्टा १५ सेकेण्डमा पार गरेका थिए । यसै गरी पाँचथर फिदिमका विशाल राईले १ घण्टा १९ सेकेन्डमा निर्धारित दूरी पार गरि दोस्रो भए । त्यस्तै मिक्वाखोला ३ लिवाङका मिङ्मा विचारी शेर्पा निर्धारित दुरी १ घण्टा २० सेकेन्डमा पार गर्दै तृतीय भए । यस्तै चौथो , पाचौ ,छैटौ ,सातौ ,आठौ ,नवौ र दशौ क्रमस सञ्च बहादुर शेर्पा ,फुरलाक्पा शेर्पा,वाङगेल शेर्पा दीपेन्द्र सुजी ,अमिर लिम्बू लाक्पानुपु शेर्पा र आसकुमार लिम्बू रहेकाछन । प्रतियोगितामा १८ जना धावकले १५ किलो वजन डोकोमा बोकी दौडीएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार,दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन । प्रतियोगितामा चौथो देखि दशौं नम्बरका धावक सहभागीहरूले जनही १ हजार रुपैयाँ प्राप्त गर्ने आयेजकले बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*