धुपको बाती बाट्ने सुकमाया र टपरी गाँस्न टिकादेवी प्रथम, आज डोको बुन्ने प्रतियोगिता हुँदै 

मदन गौतम
जेष्ठ ५, २०८१

ताप्लेजुङ  । ताप्लेजुङ पर्यटन महोत्सव २०८१  को हिजो दोस्रो दिन धुपको बाती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बुले निर्धारित समयमा १० वटा बाती बाटेर प्रथम भएकी छन् ।
त्यस्तै दोस्रो ,तेस्रो क्रमश कृष्णमाया कार्कीले ८ वटा र राधिका खवासले ७ वटा बाती बाटेका थिए । प्रतियोगितामा १५ जना आमा दिदीबहिनीको सहभागिता रहेको थियो । टपरी गाँस्ने प्रतियोगितामा टिकादेवी भट्टराई प्रथम भएकी छन र द्धितीय   विष्णुमया गिरी र तृतीय  दिलमाया तामाङ भइन । प्रतियोगितामा २२ जना आमा दिदीबहिनीको सहभागिता रहेको थियो । 


दुवै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश प्रमाण पत्र सहित ३ हजार , प्रमाण पत्र सहित २ हजार र प्रमाण पत्र सहित १ हजार प्राप्त गर्नेछन् । मन्दिर तथा घरमा बालिने धुपको बाती ताप्लेजुङको उत्पादनलाई बजारीकरण तथा आयातलाई रोक्न प्रयास गरिएको र टपरी गाँस्ने सीप हराउँदै गएकोले नयाँ पुस्ताले देख्ने ,सिक्ने अवसर मिलोस् भन्ने उद्देश्यले आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए ।  ।
शनिवार आज डोको बुन्ने प्रतियोगिता, साहित्यीक कार्यक्रम हुने आयोजकले बताएको छ ।
जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको पर्यटन महोत्सवमा पाथीभरा म्याराथन, मेयरकप भलिबल प्रतियोगिता सहितका खेलकुद र औद्योगिक कृषि प्रर्दशनी लगायत साङ्गीतिक कार्यक्रम राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*