मदन भण्डारी स्मृति प्रतिष्ठानद्धारा दुई जना सम्मानित 

वेलकम खबर
जेष्ठ ३, २०८१

ताप्लेजुङ  । मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले  दुई जनालाई सम्मान गरेको छ ।
आज ३१ औ मदन आश्रित स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले दुई जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा फुङलिङ ४ का १०६ बर्षिया जमुना बराल भट्टराईलाई शताब्दी ज्येष्ठ नारी को रुपमा र सिरिजंघा गाउँपालिका १ सिनामका सिंहबहादुर इवारमलाई ताप्लेजुङ जिल्लामा कम्युनिष्ट पार्टीको बिस्तार र विकासमा २०३४ सालमा ताप्लेजुङ जिल्लाबाट नै पहिलो पार्टी सदस्यता न  ४३०  प्राप्त गरेको  उल्लेख गर्दै सम्मान गरेको छ । 


स्मृती प्रतिष्ठानले आयोजना गरेका कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मातृका भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फेले कमिटी सदस्य चित्राकुमार चंसु, लोकतान्त्रिक आदिवासी जनजाति  महासङ्घका कोशी प्रदेश अध्यक्ष हरी थलङ,एमाले नेताहरु होमकुमारी साँवा,घनेन्द्र मादेन लगायतले कार्यक्रममा शुभकामना तथा मदन आश्रितको स्मरण गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य स्मृती प्रतिष्ठानका उपाध्यक्ष छत्रपति प्याकुरेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव मणिशंकर पोमुले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष स्मृति प्रतिष्ठानका अध्यक्ष बलबहादुर साम्सोहाङले गर्नु भएको थियो । 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*