ताप्लेजुङमा प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ

वेलकम खबर
जेष्ठ १, २०८१

ताप्लेजुङ  ताप्लेजुङमा प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ परेका छन् । मेची राजमार्ग स्थित मेवाखा चेक पोस्टमा सवारी साधन तथा मानिस चेक जाँच गर्ने क्रममा हिजो लागु औषध सहित २ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक लुङगेलीका अनुसार पाँचथरतर्फ बाट ताप्लेजुङ आइरहेको प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४२ मिलिग्राम फेला परेको हो । पक्राउ पर्नेमा स्कुटर चालक  फुङ्लिङ नगरपालिका ३ बस्ने ३१ वर्षीय सुभाष चन्द्र दाहाल र सोही स्कुटरको पछाडि सिटमा सवार सोहि वडाका २५ वर्षका योगेश भारती रहेका छन् । उनिहरु माथि  शंका लागेर चेकजाच गर्ने क्रममा योगेश भारतीको साथबाट उक्त लागू औषध सहित , स्कुटर बरामद गरी अदालतबा ७ दिन हिरासदमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको सूचना अधिकारी लुङ्गेलीले जानकारी दिनु भयो । प्रउक्त परिमाणको लागु औषध खैरो हिरोइन फेला परेको हो । उनीहरुलाई ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।  रेडियो ताप्लेजुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*