ताप्लेजुङमा क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गदै प्रदर्शन
ताप्लेजुुङ ताप्लेजुुङमा क्रिकेटर सन्दीप लामिछानेको न्यायका माग गदै आज युवाहरुले स्वस्फुर्त प्रदर्शन गरेका छन् । लामिछानेलाई न्यायका लागि कति दिन ,कति महिना कुनुपर्ने भन्दै न्यायमा भइरहेको ढिलाईप्रतिक प्रदर्शन गरेको प्रदर्शनमा सहभागी अगुवा गोपाल गुरागाँईले बताउनुभयो । व्यानरसहित युवाहरुको समुहले वीरेन्द्रचौकबाट ¥याली सुरु गरी तोक्मेडाँडामा पुगी अन्त्य गरेका थिए । सहभागीले सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’ सन्दीप हाम्रो सान हो, क्रिकेट हाम्रो मान हो’ सन्दिप लामिछानेलाई न्याय दे जस्ता प्लेकार्ड र व्यानरसहित युवाहरुको समुहले प्रदर्शन गरेका थिए । गुरागाँईले नेपाललाई क्रिकेट खेलका माध्यमबाट विश्वमा चिनाउने र खेल खेल्नबाट बन्चित गरिदा हामी क्रिकेट समर्थक दुःखित भएको बताए ।