नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

मदन गौतम
बैशाख २६, २०८१

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वोज तुम्बाहाम्फे निर्वाचित भएका छन । मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार तुम्बाहाम्फेले १ सय ८३ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलबहादुर साम्सोहाङले १ सय ५७ मत प्राप्त गरेका छन्।अध्यक्ष तुम्बाहाम्फे २६ मतले विजयी भए भने पदाधिकारीमा पनि तुम्बाहाम्फे कै प्यानल विजयी भएको छ।तुम्बाहाम्फे ताप्लेजुङका संविधान सभा सदस्य हुन भने साम्सोहाङ कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन ।

यसै गरि उपाध्यक्षमा दिपेन्द्र पोमु १ सय ७० मत प्राप्त गरि निर्वाचित हुँदा उनका प्रतिष्प्रधी छत्रपति प्याकुरेलले १ सय ५४ मत प्राप्त गरे। सचिवमा सन्तोष चाम्लिङ १ सय ६५ मत प्राप्त गरेर निर्वाचित भए उनका प्रतिष्पर्धी मणिशंकर पोमुले १ सय ५९ मत प्राप्त गरे ।यसै गरि उपसचिव खुल्लामा गोपाल न्यौपानेले सन्तोष प्रसाईलाई ११ मतले पराजित गरि गोपाल न्यौपाने निर्वाचित भए छन् । न्यौपानेले १ सय ६४ मत प्राप्त गर्दा प्रसाईले १ सय ५३ मत प्राप्त गरे । त्यस्तै उपसचिव महिलातर्फ भीमादेवी ओझा निर्वाचित भइन ।ओझाले १ सय ६६ मत प्राप्त गर्दा ओझाका प्रतिष्पर्धी शान्ता कुमारी आङबुहाङले १ सय ५९ प्राप्त गरिन । लेखा आयोगको अध्यक्षमा दीपक धिताल निर्वाचित भए।धितालले दिवस भण्डारीलाई पराजितगरेका हुन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*