ताप्लेजुङ एमालेमा प्यानलसहित भिड्ने तयारी, यी हुन् आकांक्षी

वेलकम खबर
बैशाख २२, २०८१

ताप्लेजुङ । नेकपा एमालेको १२ औ जिल्ला अधिवेशन आउदो सोमवार र मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुदैछ ।
एमाले ताप्लेजुङले विभिन्न वडावाट ३६१ जना र जनसंगठनबाट १८ जना कुल ३७९ जना प्रतिनिधि छनौट गरी नेतृत्व कस्को पोल्टामा पार्ने भनेर प्यानल नै बनाएर चुनाबी मैदानमा ताप्लेजुङको नेताहरु  होमिएको देखिन्छ ।
अध्यक्षका लागि वलवहादुर साम्सोहाङ र डम्वरध्वोज तुम्वाहाम्फेले प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रेको हो । पूर्व अध्यक्ष तथा मन्त्री समेत भई सकेका साम्सोहाङको नेतृत्वमा छत्रपति प्याकुरेल उपाध्यक्ष, मणी शंकर पोमु सचिव,सन्तोष प्रसाई र शान्ताकुमारी आङबुहाङ उप-सचिवको उम्मेद्धार वन्ने निश्चित भएको छ ।
पूर्व सासद डम्वरध्वोज तुम्वाहाम्फेको नेतृत्वमा दिपेन पोमु उपाध्यक्ष, सन्तोष चाम्लिङ वा घनेन्द्र मादेन मध्ये एक सचिव ,गोपाल न्यौपाने र भीमादेवी ओझा वा मिना केदेम मध्ये एक उपसचिवको उम्मेद्धार वन्ने तयारी भई रहेको बुझिएको छ । सचिव र उपसचिवको टुगोका लागि सहमति प्रयास जारी रहेको तुम्वाहाम्फे टीमका एक सदस्यले वेलकमखबरलाई जानकारी दिएका छन ।

यता सन्तोष खतिवडा र गोपाल थोप्राले पनि अध्यक्षको उम्मेद्धार वन्ने घोषणा गरेका छन तर उनीहरुले प्यानल बनाएका छैन खतिवडा भने सहमतिको अध्यक्ष हुन चाहेको एक नेताले बताए तर सहमति हुन सक्ने सभ्भावना कम भएको एक नेताले बताए । उपाध्यक्षमा राधा पौडेल र पसचिवमा टिका दाहाललेपनि उम्मेद्धार बन्ने दाबी गरेका छन र टीम भने नबनेका उनीहरुको भनाई छ । एमाले महासचिव शंकर पोखरेलले १२ जिल्ला अधिवेशन सोमवार उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*