ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

पूर्वमन्त्री तथा प्रतिनिसभा सदस्य भट्टराईले भने,‘हामी उत्साही छौ ।’
वेलकम खबर
बैशाख २१, २०८१

ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म संञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवको प्रधानमन्त्री दाहालले निम्तो ग्रहण गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई,प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम,जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमूख छिरिङ लामा र फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले प्रधानमन्त्रीलाई महोत्सवको विषयमा जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य भट्टराईले विहिबार साँझ फेसबुक पेजमार्फत प्रधानमन्त्रीलाई निम्तो पत्र बुझाएर छलफलपछिको सामूहिक तस्बिर पोस्ट गर्दै प्रधानमन्त्री दाहालले निम्तो स्विकार गर्नुभएको उल्लेख गर्नुभएको छ ।

भट्टराईले लेखेका छन्,–‘सम्माननीय प्रधानमन्त्री ज्युले निम्तो स्विकार गर्नुभएको छ । ताप्लेजुङबासी उत्साही छौ ।’ महोत्सवमा प्रधानमन्त्रीले प्रमूख अतिथिको रुपमा निम्तो ग्रहण गर्नुभएपछि महोत्सव माहौल बढेको छ । प्रतिनिधिसभा सदस्य बोखिमले भनिन्,‘प्रधानमन्त्री ज्यूलाई कार्यक्रममा पाउनु गर्व हो । जिल्लाको समयसामयिक विषयमा ध्यानआकर्षण गर्न पाउने मौका पनि हो ।’ बोखिमका देशको प्रधानमन्त्रीले महोत्सवलाई महत्व दिनु भनेको हामीले तयारी व्यापक गर्नु हो । जिसस प्रमूख तथा महोत्सव संयोजक छिरिङ लामाले महोत्सवमार्फत जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिसस प्रमूख लामाले भने,‘महोत्सव जिल्लाको प्रतिष्ठा हो । भोलीका दिनमा कुन मोडलमा गर्ने भन्ने वहस गर्ने थलो पनि हो ।’ फुङलिङ नगरपालिका नगरप्रमूख तथा महोत्सव समितिका सहसंयोजक अमिर मादेनका अनुसार जिल्लाको कृषि तथा घरेलु उत्पादनको प्रचारमा सहयोग पुग्छ । मादेनले भने,‘हिजो अग्रजले महोत्सव गरे ।

आज हामीले भ्याउदा महोत्सव गर्ने तयारीमा छौ । भोली अरु कसैले गर्छ । कम्तीमा महोत्सवले निरन्तरता पाओस ।’ समितिका सदस्यसचिव देवराज गुरुङका अनुसार महोत्सवका विषयमा जिल्लामा तयारी तिब्र पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*