एमाले ताप्लेजुङले बनायो ६ वटा उप समिति
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले आगामी १२ औैं जिल्ला अधिवेशनका लागि ६ वटा उपसमिति गठन गरेको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो । आगामी बैसाख २४ र २५ गते फुङ्लिङमा हुन गईरहेको अधिवेशनका लागि प्रचार प्रसार समिति,आर्थिक व्यवस्थापन समिति,प्रतिनिधि व्यवस्थापन समिति, स्व्यंसेवक परिचालन समिति,अथिति सत्कार समिति, र मञ्च व्यावस्थापन समिति समिति गठन गरिएको १२औं जिल्ला अधिवेशन प्रचारप्रसार उप समिति संयोजक मणिशंकर पोमूले जानकारी दिएका छन ।
पोमूको नेतृत्वमा रहेको प्रचार प्रसार समितिमा सहसंयोजक शान्ता आङ्वुहाङ रहेका छन भने सदस्यहरुमा विप्लव पालुंवा,सुबास आचार्य र गंगा लिङ्खिम रहेका छन । त्यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी सन्तोष खतिवडालाई दिईएको छ भने सहसंयोजक मणिशंकर पोमू ,सदस्यहरु महेन्द्र प्रकास गौतम,सरदराज निरौला र तारानाथ घिमिरे रहनुभएको छ । प्रतिनिधि व्यावस्थापनमा संयोजक दिपेन्द्र पोमू सहसंयोजक सन्तोष प्रसाईसहित सदस्यहरुमा भीमा देवी ओझा र सरदराज निरौलाले जिम्मेवारी पाएका छन ।

स्व्यंसेवक परिचालन समितिको संयोजक र सहसंयोजकको जिम्मेवारी आसिष केदेम र गोपाल न्यौपानेलाई दिईएको छ ।अथिति सत्कार समितिमा संयोजक र सहसंयोजकको जिम्मेवारी क्रमस टीका दाहाल र कोपिला नेपालीलाई दिइएको छ भने सोहि उपसमितिको सदस्यहरुमा मीना केदेम , निर्मला ईजम र दिलु श्रेप्ठ रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा एमाले ताप्लेजुङले जनाएको छ । मञ्च व्यवस्थापन समितिको जिम्मेवारीमा संयोजक दिनेश अधिकारी ,सहसंयोजक पदम सुनुवार सदस्यमा दिपक धिताल,सन्तोष चाम्लिङ र रमेस घिमिरे रहेको समिति बनेको छ ।
पत्रकार सम्मेलनमा पोलिट्ब्यूरो सदस्य तथा कोशी प्रदेश सभा सदस्य तिल कुमार मेन्यावो ,कार्यबाहक अध्यक्ष सन्तोष खतिवडा कोशी प्रदेश कमिटी सदस्य लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।



















