बुबाले देखाउनुभएको निष्ठाको बाटो हिँड्नेछु : सुहाङ नेम्बाङ

वेलकम खबर
बैशाख १८, २०८१

इलाम।  इलाम क्षेत्र नम्बर–२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज (मंगलबार) इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् ।

नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्याङ्कन हुने गरी काम गर्ने उल्लेख गरे ।

त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए । नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*