ओलीले भने- ‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्’

वेलकम खबर
बैशाख १८, २०८१

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि रहेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए ।ओलीले आफूले चुनावको क्रममा गरेका प्रतिवद्धताहरू चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*