इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

वेलकम खबर
बैशाख १८, २०८१

इलाम । इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् ।उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । नेम्बाङ ५ हजार ८३० मतान्तरसहित विजयी भए ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् ।

रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् । मतगणना अहिले बिहान भर्खरै सकिएको छ । ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*