इलाम–२ : डम्बरलाई फराकिलो मतले पछि पार्दै अघि बढे सुहाङ (अपडेट)

वेलकम खबर
बैशाख १७, २०८१

इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तर बनाउँदै अघि बढेका छ्न् ।

ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन् । उनीहरुबीच १००१ को मतान्तर रहेको छ ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह  थेगिमले ७८४ मत ल्याउँदा रास्वपाका मलिन लिम्बूले ५६१ मत पाएका छन् । हालसम्म ६ वटा वडाकाे मतगणना सकिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*