इलाम – २ उपनिर्वाचन : प्रारम्भिक मत सार्वजनिक, कांग्रेसका खड्काको अग्रता

वेलकम खबर
बैशाख १६, २०८१

इलाम ।  इलाम क्षेत्र नम्बर  २ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। इलाम नगरपालिका ७ स्थित गौतमबुद्ध सभागृहमा भएको मतगणनामा प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार खड्काले ६५७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ ५३४ मत प्राप्त गरेका छन्। उनीहरुबीच मतान्तर १२३ रहेको छ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १८७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ११५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरूङले ४ मत प्राप्त गरेका छन्। फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ को १५ सय ३८ मतगणना भएको हो। वडा नम्बर १ मा स्थानीय तहमा कांग्रेसले जितेको थियो।

अहिले मतगणना जारी रहेको छ। फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डस्प्लेबोर्डमा परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

वि।सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त  सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*