इलाम र बझाङमा आज मतदान हुँदै

वेलकम खबर
बैशाख १५, २०८१

काठमाडौं । इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ ।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं । इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ ।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*