ताप्लेजुङमा ट्याक्टर दुर्घटनाबाट घाईते भएका युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनाबाट घाईते भएका युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिका ६ फाकुम्बाका ३४ वर्षीय फुतेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता कमल कुमार लुङगेलीले बताउनुभयो । उहाँका अनुसार ट्याक्टरमा सवार शेर्पालाई थप उपचारको लागि जिल्ला बाहिर लाने क्रममा पाँचथरको हेँवाखेलामा बुधबार अपरान्ह ५ बजे मृत्यु भएको थियो । दुर्घटनाबाट घाईते भएका शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शरीरका विभिन्न अंगमा गम्भिर चोट लागेको कारण थप उपचारको लागि सुविधा सम्पन्न अस्तपालमा रेफर गरिएको थियो । शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।
आठराई त्रिवेणी गाउँपालिका ५ दोभानबाट फाकुम्बा तर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको टयाक्टर बुधबार बिहान ९ बजे दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको प्रहरी निरीक्षक लुङगलीको भनाई छ । ट्याक्टर चालक उमेश लिम्बूलाई ईलाका प्रहरी कार्यालय दोभानको टोलिले नियन्त्रणमा लिएको छ । चालक लिम्बूलाई आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याएर थप अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।-radiotamor



















