एमाले निर्णायक तहमा पुगेपछि देश बन्छ : ओली

वेलकम खबर
बैशाख १२, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन मिसन ०८४ पर्खिरहेको बताएका छन् । बुधबार इलाममा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले भने, “यो देश बनाउन मिसन ०८४ भनेका छौँ । निर्णायक शक्ति बनाउन, समीकरण सधैँ  गठबन्धनबाट चल्दैन ।  एमाले निर्णायक तहमा पुगेपछि देश बन्छ ।”

ओलीले कांग्रेसका उमेदवार डम्बर खड्काप्रसित इंगित गर्दै ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउन सक्छ भन्दै प्रश्न गरे । “मदन भण्डारीको ठेकेदार को हो तपाईंलाई थाहा होला, ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ रु पैसा लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ रु, ” ओलीले प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*