उम्मेदार चिन्नु पदैन सुर्यमा भोट हाले पुग्छ : एमाले अध्यक्ष ओली (भिडियो सहित )

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङ पुगेर इलाम २ को उपनिवाचनमा सुर्यमा भोट हाले पुग्ने बताएका छन ।
नेकपा एमाले ताप्लेजुङले आयोजित कार्यालय उद्घाटन तथा मदन भण्डारी स्मृति प्रतिष्ठानका उद्घाटन गदै ओलीलेउम्मेद्धार चिनिरहुनु नपर्ने बताउदै सुर्यमा भोट हाल्ने पुग्ने दाबी गरेका छन उनले भनेका सुहाङ नेम्वाङ पढेलेखेका , विद्धान युवा मिजासिलो एमालेका उम्मेद्धारलाई आफ्नो मत दिन तपाईले साथी हितेरी मितेरी इलाम २ काआफन्तलाई खबर गरिदिन आग्रह गरेका हुन ।
पूर्वप्रधानमन्त्री समेत भई सकेका ओलीले भने मलाई पार्टी अध्यक्ष बनाउनु भयो , प्रधानमन्त्री बनाउनु भयो अब मलाई के आवश्यकता मेरो के चाहना केही पनि छैन । देशलाई विकास सुसाशन र सुखी नेपाली समृद्धी नेपालको सपना पुरा गर्ने र पार्टीलाई मजबुद्ध बनाउनु र देशलाई शिरमा राखेर अघि बढ्ने हो ।
देश र जनतालाई तथा आन्दोलनलाई केन्द्र भागमा राख्नु पर्ने र आफु स्वार्थलाई होईन देशको स्वार्थलाई शिरमा राख्नुपर्ने बताए । मिसन २०८४ मा नेकपा एमालेले बहुमतको सरकार बनाएर छाड्रने र राष्टको निर्णयक शक्ति हुने दाबी गर्नु भयो । अहिले प्रदेश सरकारमा भएको १–२ सिट भएर च्याखे थापेर जस्तो होईन उनले भने ।