प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

वेलकम खबर
चैत्र २८, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिनुभएकाे थियाे । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन । लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*