वडा अध्यक्ष दिए आगलागी पीडितलाई आफनो सुविधा
वेलकम खबर
चैत्र २७, २०८०
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका वडा अध्यक्षले पाउने सुविधा आगलागी पीडितलाई हस्तान्तरण गरिएको छ । आठराई २ फुलवारीका वडा अध्यक्ष तथा सामाजिक विकास प्रमुख आठराई त्रिवेणी प्रबत्ता टेकिन्द्र सेन्दाङले एक महिनाको आफ्नो पाउने सुबिधा १९ हजार ५०० रुपैया पालिका अध्यक्ष दिपेन्द्र पोमुले आगालागी पीडितलाई हस्तान्तरण गर्नु भएको हो । गत चैत्र १७ गते आठराई २ फुलवारीमा हर्कबहादुर थापाको घर जलेर नष्ट भएको थियो ।



















