केवलकार ताप्लेजुङको भाग्य र भविष्य हो भन्दै ताप्लेजुङमा निकालियो र्‍याली

मदन गौतम
चैत्र २४, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गर्न सहज तथा ताप्लेजुङको विकास समृद्धीका लागि तत्काल केबलकार निर्माण हुनुपर्ने दबाब दिन शनिबार सदरमुकाम फुङलिङमा सद्भाव र्‍याली निकालिएको थियो।

फुङलिङमा निकालिएको सद्भाव र्‍यालीमा जिल्लाबासीको सहभागिता रहेको ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङले आयोजना गरेको थियो । र्नौमति बाजा र च्याब्रुङसहित बिभिन्न जातजाति र समुदायको संस्कृति भल्कने झाँकी ,व्यानर ,प्लेकार्ड सहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।
सद्भाव र्‍याली अगाडी जिल्लाका युवाहरूले सदरमुकाममा मोटरसाईकल र्‍याली पनि निकालेका थिए । र्‍याली पछि आयोजित कोणसभामा नेकपा एमाले ताप्लेजुङका अध्यक्ष भुपेन्द्र थेबेले भने,‘ २०४५ सालदेखि केबलकार बनाऔ भन्ने ज्युदो पुरुष मै हुँ ,‘हामी पाथीभरा भनेर चिन्छौ । भोग खाने मन्दिर भनेर चिन्छौ । दर्शन गरेर आर्शिवार्द माग्छौ । पाथीभराको शक्ति देशमा मात्र होइन,विदेशमा समेत चर्चा छ । नेकपा एमाले मुडभेड गर्न तयार छैन् । सरकारको नीति र नियममा रहेर काम गर्ने कम्पनीलाई गाली गर्न नहुने थेबेले बताए ।
त्यस्तै कोणसभमा बोल्दै नगरप्रमुख अमिर मादेनले भने केबलकार विकास हो । ताप्लेजुङको भाग्य र भविष्यसँग जोडिएको छ । वाधा र विरोधलाई राखेर बार्तामा आउन उनले आग्रह गरे । केबलकार स्टेशन मन्दिर क्षेत्रबाट करिब ८ सय मिटर टाढै छ । मन्दिर परिसरमा न त होटल बन्छ न त अन्य पुर्वाधार । केबलकार चढ्छन् मन हुनेले चढ्छन नहुने पैदल नै जान्छन् । मादेनले भने ,‘सरकारले विदेशी व्यक्ति तथा कम्पनीलाई लगानी गर्न आव्हान गर्छ ।
तर यहाँ हामीचाहिँ लगानी गर्छु भन्नेलाई पनि अवरोध गर्न खोज्छौ किन रु देशकै नागरिकले त लगानी गरेर विकास गर्न पाउँदैनन् ?  प्रश्न गरे । कोणसभा सभामा ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पा ,युमा साम्यो अभियान्ता पदमचेञ्जी मावो र महिला अगुवा मिना गुरुङले केवलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*