ताप्लेजुङको मैवाखोलमा सांसदको सहयोगमा वितरण गरियो ट्रेक सुट

वेलकम खबर
२० चैत्र २०८०, मंगलवार १९:५०

ताप्लेजुङ । ताप्लेजुङ मैवाखोला ४ ओदक टोलका बाढी पहिरो प्रभावित मङगलादेवी आधारभुत विद्यालयका ६४ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य उर्मिला थेबे र उहाँको छोरा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले विद्यालय पोसाक (ट्रेक सुट) पालिका अध्यक्ष अध्यक्ष बिजय प्रकाश वनेम, पूर्व वडा अध्यक्ष दिवस चोङ्बाङ, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष मनोज चोङ्बाङले वितरण गरेका थिए ।

नेकपा एमाले मैवाखोला पालिका कमिटीको पहलमा सांसद थेवेले गत असार २ गते आएको बाढी पहिरोको कारण बिस्थापित ६५ घरपरिवार हाल मैवाखोला३ स्थित निर्माणाधीन मदन भण्डारी रंगशालामा निर्माण गरिएको अस्थायी आवासमा बसोबास गरिरहेको गरिरहेका छन ।
वितरण गदै पालिका अध्यक्ष वनेमले पहिरो पीडित ससाना विद्यार्थी नानीहरू लाई थोरै भएपनी राहत तथा पढाईमा हौसला एवम् सहयोग पुगेको वताए ।
वितरित कार्यक्रममा मंगलादेवी आवि का प्रधानअध्यापक तेन्जी शेर्पा ले सांसद थेवेल हार्दिक आभार ब्यक्त गरेका जानकारी पालिका कमिटी सचिव रुपेन्द्र वनेमले गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*