रवि लामिछानेसँगै घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बुलाई गर्‍यो ईलाममा उम्मेदवार घोषणा

वेलकम खबर
१७ चैत्र २०८०, शनिबार १४:३३

इलाम । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन ।

इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।

कार्यक्रममा गृहमन्त्री समेत रहेका पार्टी सभापति लामिछानेले सम्बोधन गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*