ताप्लेजुङ सहित ११ जिल्लाको सीडीओको सरुवा ताप्लेजुङमा आचार्य आउदै (सूचीसहित)

वेलकम खबर
चैत्र ६, २०८०

ताप्लेजुङ । गृह मन्त्रालयले ताप्लेजुङ सहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।

मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । ताप्लेजुङमा कार्यरत हिरादेवि पौडेललाई गृहमन्त्रालयमा र जिल्ला प्रशासन कार्यालय सल्यानमा काजमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*