पानी नपरेको भन्दै ताप्लेजुङमा गरिदिए भ्यागुताको विवाह

वेलकम खबर
चैत्र ३, २०८०

ताप्लेजुङ । लामो समय पानी नपर्दा आजित भएका ताप्लेजुङको मिक्वाखोला गाउपालिका खोक्लिङका बासिन्दाले भ्यागुत्ताको विवाह गरिदिएका छन ।

आज बाजागाजा सहित तमोर नदीमा पूजा गरको स्थानीय दिनेश थापाले जानकारी दिएका छन् ।
मिक्वाखोला २ का वडाध्यक्ष झरेन्द्र थापा लगायतका दर्जनौँको सहभागिता रहेको खोला पूजामा नौमती बाजा घन्काइएको थियो भने पानीको आशामा पानी छ्यापा छ्याप पनि गरिएको थियो । बुढापाकादेखि तरुण पुस्ताको सहभागिता रहेको खोला पूजामा मकै छर्न नपाएको र खडेरीले उत्पादनमा रास आएको गुनासो गरेका थिए ।
पानी नपर्दा बन डढेलोका कारण ताप्लेजुङको जनजिवन प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*