ताप्लेजुङमा बज्रगुरु मन्त्र जपको तयारी अन्तिम अवस्थामा
ताप्लेजुङ । पाँचौ ताप्लेजुङ बज्र गुरु मन्त्र जप कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ ।
आज फुङलिङमा पत्रकार भेटघाटमा उक्त धार्मिक कार्यक्रममा प्रमुख लामा क्याब्जे दिल्गो याङसी रिन्पोछेको उपस्तिथीमा बज्र गुरु मन्त्र जप हुने संचालन समितिका अध्यक्ष तथा नेपाल बौद्ध गुम्बा ब्यवस्थापन समितिका थुप्तेन जिग्डोल लामाले बताउनु भयो ।
ताप्लेजुङको सुकेटारमा संचालन हुने मन्त्र जप देशविदेशबाट भक्तजनहरु आउने विश्वास लिएकोछ । प्रमुख लामा सहित अन्य लामा काठमाडौबाट आउने आयोजक समितिका सदस्य सचिब पासाङरिता शेर्पाले बताउनु भयो । चैत्र ८ गते प्रमुख लामा रिन्पोछ काठमाडौबाट हवाईमाग हुदै झापा र त्यहाबाट स्थलमागबाट ताप्लेजुङ चैत्र ९ गते आई पुग्ने बताईएकोछ ।
गत बर्षका दिन मात्र प्रमुख लामा समापनका दिन मात्र उपस्थित रहनु हुदा १५ हजार भत्तजन उपस्थित रहनु भएको थियो भने यस बर्षको मन्त्रजपमा ३ दिन नै प्रमुख लामा उपस्थित हुने भएको हुदा भक्तजनको सहभागिताको संख्या बढ्ने आयोजकको अनुमान रहेकोछ ।
विशवशान्ति तथा मानव एकता , मनको शान्ति अनुशासन , नैतिक शिक्षा प्राप्तीका लागि २०७३ सालबाट सुरु भएको कार्यक्रम कोभिड १९ का कारण केही बर्ष आयोजना नभएको थुप्तेन जिग्डोल लामाले थप्व्नु भयो ।
ताप्लेजुङ सहित पाचथर , इलाम ,भापा ,तेहथुम संखुवासभा लगायत भारत भुटानबाट मन्त्र जप कार्यक्रममा आउनेको आयोजकले बताएकोछ ।



















