पाथीभरामा केवलकार बन्नुहुन्न :ट्याक्सी व्यवसायी संघ

मदन गौतम
चैत्र ३, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा संचालित १२ वटा ट्याक्सी व्यवसायी संघले पाथीभरामा केवलकार बन्न नहुने भन्दै आज फुङलिङ मा पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारी गरेका छन् ।
मेवा, हिमाल, मेची, सयपत्री, सुपर साइनो, पूर्वाञ्चल, आसीयाना, छिन्ताङ, सुनसरी, हातेमालो, पूर्वाञ्चल स्मार्ट र पाथीभरा यातायात सेवा प्रालिले संयुत्त विज्ञप्ती प्रकाशित गरेका हुन । मेची यातायात प्रालिका इञ्चार्ज योगेश पालुङवा काइँलाले केवलकार खारेजी संघर्ष समितिको आन्दोलन प्रति आफुहरुको पनि ऐक्यवद्धता रहेको जनाए । यो विज्ञाप्तीमा मात्रै सिमित नहुने चेतावनी दिएकाछन ।
आफुहरुको ब्यवसाय लाई प्रभाव पार्ने र स्थानीयको माग विपरित केवलकार वनाईए जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिएका छन । केवलकार निर्माणले प्रत्यक्ष रुपमा यातायात क्षेत्रमा प्रभाव पर्ने भएकोले संघष गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*