पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने पक्षमा एमाले,शान्तिसुरक्षाको वातावरण मिलाउन राज्यपक्षसँग माग

वेलकम खबर
चैत्र १, २०८०

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले पाथीभरा मुकुम्लुङमा केवलकार निमार्ण हुनु हुनपर्ने माग गर्दै विकासका परियोजना संचालन गर्नका लागि शान्ती सुरक्षा कायम गरी निर्वाद रुपमा परियोजना संचालन गर्ने वातावरण बनाउन सवैसँग अनुरोध गरेको छ ।
नेकपा एमालेले आज एक प्रेस विज्ञप्ती जारी गदै नेपालको संविधानलाई कार्यन्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय आकांक्षा पूरा गर्न प्रतिवद्ध रहेको जनाउदै समृद्ध राष्ट्र निमार्ण गर्न विकास निर्माणलाई तिव्रता दिन जरुरी छ उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएका छ सरकारी क्षेत्रवाट लगानी वृद्धि गरी विकासका पूर्वाधारहरुको निमार्णलाई अघि बढाउनु पर्दछ । सरकारी क्षेत्रवाट लगानी हुन नसकेका विकास पूर्वाधारहरुमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको लगानीमा संचालीत आयोजनाहरुको निमाणको लागि शान्तिपूर्ण तरिकाले आयोजना निमार्ण गर्नेवातावरण राज्य पक्षले मिलाउँदै लगानीको सुरक्षा गर्नु पर्ने उल्लेख गरेका छ ।
एमाले कार्यवहाक अध्यक्ष सन्तोष खतिवडाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएका छ ताप्लेजुङ जिल्लामा विगत केहि वर्ष यता पाथिभरा मुकुम्लुङ मन्दिरमा जाने केवलकार निमार्णको विषयमा व्यापक छलफल र बहस हुदै आएको र सोही विषयमा पछिल्लो समयमा मिति २०८० फाल्गुण २४ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा एमालेले स्पष्ट धारणा ब्यक्त गरेको उल्लेख गदै पाथीभरा मुकुम्लुङमा केवलकार निमार्ण हुनु पर्ने धारणा स्पष्ट पारेको  हो ।
एमालेले विकास निमार्णका क्षेत्रमा पनि निजि तथा सरकारी लगानी भित्रयाई जिल्लालाई समृद्ध बनाउनु पर्दछ । विकासका परियोजना संचालन गर्नका लागि शान्ती शुरक्षा कायम गर्ने, निर्वाद रुपमा परियोजना संचालन गर्ने वातावरण बनाउन सम्पूर्ण पक्षसंग हार्दिक अनुरोध गरी ताप्लेजुङमा निमार्ण हुन लागेका अन्य भौतिक पूर्वाधारहरु साथै पाथिभरा मुकुम्लुङ केवलकारले सरोकारवाला सम्पूर्ण पक्षहरुसंग समन्वय गरी शान्तीपूर्ण तवरले निमार्ण कार्य सुरु गर्ने गराउने वातावरण बनाउन निर्माण  कम्पनी र अन्य सरोकारवाला पक्षहरुसंग एमालेले अपिल समेत गरको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*