माछापोखरी क्लबले जित्यो रघुनाथ र छत्रछाया मेमोरियल कपको उपाधि
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा शिबरात्रीको अवसरमा आयोजित रघुनाथ र छत्रछाया मेमोरियल पुरुष आमन्त्रित रनिङ कप र हस्तमाया स्मृति महिला रनिङ कप उपाधि क्रमश माछापोखरी क्लब र म्याङ्लुङ स्र्पोटिङ क्लबले जितेको छ ।
पुरुष तर्फ सागुरिगडी धनकुटालाई हराउदै माछापोखरी क्लब चाँगेले जितेको छ । त्यस्तै महिला तर्फ मैवाखोलालाई हराउदै म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुम विजेता बनेको हो । मैवाखोला गाँउपालिका अध्यक्ष विजय वनेमले बताए । विजेताले पुरुष तर्फ दुई लाख नगद र टफि हात पारेका छन भने द्धितीय एक लाख एक लाख हात पारेका छन ।
महिला तर्फ भने प्रथम हुनेले ६० हजार द्धितीय हुनेले ३५ हजारमा चित्त बुझाएका छन ।




















