प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटना जान्छ त्यसैले दिल खोलेर विश्वासको मत दिनुहोस :ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताउनुभयो ।
प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गर्नुभएको हुन सक्छ तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उहाँले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’ भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने बताउनुभयो । उहाँले ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उहाँले भन्नुभयो, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६ र ३० अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आईलाग्ने उहाँको दाबी छ ।



















