एमालेको संसदीय दलको बैठक बस्दै

वेलकम खबर
फाल्गुन २९, २०८०

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनेछन्। एमालेले आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने जनाइएको छ ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*