राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको आज भिडन्त

वेलकम खबर
फाल्गुन २९, २०८०

काठमाडौं ।राष्ट्रियसभा अध्यक्षको मतदान आज हुँदैछ । राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच भिडन्त हुने भएको छ।

संघीय संसद्को निर्वाचन कार्यतालिकाअनुसार हिजो सोमबार संसद्भवन नयाँ बानेश्वरमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहनुभएको छ।

त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहनुभएको छ।

राष्ट्रियसभामा अध्यक्षका लागि सत्तापक्ष गठबन्धनमा माओवादीका १७, एमाले १०, नेकपा एस ८, जसपाका १ सहित ३६ सदस्य छन् भने कांग्रेसका १६, सहित अन्य दल प्रतिपक्षमा २२ मत छ। निर्वाचन सम्म गठबन्धमा गडबढ नभए सत्ता पक्षका दाहाल निर्वाचित हुने करिब पक्का छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*