सुहाङसहित एमालेका छ जनाले दिए निवेदन
वेलकम खबर
फाल्गुन २७, २०८०
ईलाम । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङ सहित ६ जनाले निवेदन दिएका छन् ।
एमालेले बनाएको उम्मेदवार छनौट समितिले उनीहरु ६ जनालाई साँझसम्मको समयसीमा दिएको छ ।
निवेदन दिनेमा संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा। देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।



















