ताप्लेजुङका शेर्पा संघसंस्थाले ग्याल्बो ल्होसारको सार्वजनिक विदा सच्याउन माग
ताप्लेजुङ । शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको सार्वजनिक विदा सच्याउन नेपाल शेर्पा संघ ताप्लेजुङले नेपाल सरकारलाई ले ज्ञापन पत्र बुझाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकाकारी हिरादेवी पौडेले मार्फत नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ र मातहका भातृसंघ संस्थाले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
भोट चन्द्र पात्रो अनुसार गत माघको २७ गते २१५१ औ ल्याल्बो ल्होसार परेता पनि नेपाल पञ्चाङग निणायक समितिको पात्रोलाई आधार मानेर फागुन २८ गते नेपाल सरकारले सार्वजनिक विदा दिएकोले शेर्पा समुदायका बौद्ध मार्गीलाई तिथि मिति भ्रममा पारेको र आउदो बर्षको पात्रोमा सच्याउन र गल्ति नगर्न माग गदै प्रमुख जिल्ला अधिाकारमार्फत नेपाल सरकरलाई ध्यानाकर्षण गराएकाछन् ।
विगतका वर्षदेखि नै नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा बौद्ध मार्गीहरूको महत्त्वपूर्ण चाडपर्वहरूको तिथिहरूलाई नजरअन्दाज गर्दै आएकोमा आपत्ती जनाएकाछन् ।

नेपाल सरकारका प्रमुखहरुले परिचयको दिदा बुद्ध जन्मेको देश भनेर परिचय दिने तर साँच्चिकै बुद्ध जन्मभूमिमा बसोबास गर्ने बौद्ध मार्गीहरूको महत्त्वपूर्ण तिथि मिति, चाडपर्वहरूमा भने पुरे बेवास्ता गरी बौद्ध मार्गी तथा सोजा सिधा शेर्पा समुदायहरूमाथि सरकारले विभेद गरिएको प्रस्ट देखिएको छ ज्ञापन पत्रमा उल्लेख गरिएकोछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वार्षिक रूपमा पात्रो तयार पार्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घलाई प्रतिनिधि मूलक सहभागी गराई समन्वय गराउन अनुरोध गरेका छन् ।
महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रो (दाथो) मा आधार गरी मान्ने, मनाउने भएकोले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मिति अनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । ज्ञापन पत्रमा पासाङ रिता शेर्पा नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ ,तेन्जीङ शेपा सचिव नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ मिडमा खाङ्डु शेर्पा अध्यक्ष हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र मिङ्मा दिकी शेपा अध्यक्ष नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ताप्लेजुङले हस्ताक्षर गरेका छन् ।




















