प्रथम सेसेलुङ गोल्डकप २०८० को आम्दानी र खर्च सार्वजनिक

मदन गौतम
फाल्गुन २६, २०८०

ताप्लेजुङ । चासोक तङनाम संचालक समिति , कञ्चजनंघा फुङलिङ क्लब र ङा वोरक सङजुम्बो फुङलिङले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद प्रतियोगिताको आयव्याय सार्वजनिक गरेकोछ ।
आयव्याय सार्वजनिक गर्दै खेलकुद प्रतियोगिताबाट १ लाख ९३ हजार ८ सय ४५ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । संचालक समितिका कोषाध्यक्ष कुलदिप मादेनका अनुसार देशविदेशका संघसस्था तथा व्यक्तिबाट कुल ३५ लाख ५९ हजार १५ रुपैयाँ सहयोग प्राप्त भएको र प्राप्त भएको रकममध्ये ३४ लाख १५ हजार १ सय ७० रुपैयाँ खर्च भएको कोषाध्यक्ष मादेनले बताउनुभयो ।
कोषाध्यक्ष मादेनका अनुसार ३ लाख ५० हजार रुपैया समितिको खातामा आउन बाकी रहेकोछ । प्रथम सेसेलुङ ९कञ्चनजंघा० गोल्डकप २०८० चासोक तङनामको अवसरमा भानुजन माध्यमिक बिद्यालयको खेलमैदानमा गत पुष ४ गतेदेखि ११ सम्म संचालन भएको थियो । चासोक तङनाम पर्वको अवसरमा साँस्कृतिक नृत्यहरुको समेत प्रतियोगिता गराइएको थियो ।
जिल्ला सहित ८ ओटा टीम सहभागिता रहेको प्रतियोगितामा चक्रघट्टी फुटबल क्लब सुनसरीले उपाधि हात पारेको थियो । प्रथम संस्करणको आयब्यय सार्वजनिक गर्दै दोश्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्ने योजनामा रहेकोले साथ सहयोगको अपेक्षा राखेको चासोक तङनाम संचालक समितिका अध्यक्ष चन्द्र थेबेको भनाइ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*