पाथीभरामा केवलकार निर्माण कार्य तत्काल थाल्न दबाव (निर्णय सहित)
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको कामलाई तिब्रता दिन दवाब शुरु भएको छ । विहिवार ताप्लेजुङ जिल्ला प्रशाशन कार्यालयमा बैठक बसी फुङलिङ ११ मा निर्माण हुन लागेको केबलका निर्माणमा अवरोधका कारण निर्माण कार्य अघि नबढेको भन्दै तत्काल निर्माण अघि बढाउनका लागि सवैले सहयोग गर्नु पर्ने धारणा सर्वपक्षिय बैठकमा उठेको नेकपा एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले केवलकार निर्माण पक्षले निर्माण कार्य तत्काल थालनी गर्ने र सोको लागि शान्ति सुरक्षा ब्यवस्था मिलाउन प्रशासनलाई आग्रह गरेपछि सर्वपक्षिय बैठक आयोजना गरेको हो ।
बैठकमा राजनीतिक दलले केवलकार सम्बन्धि आ आफनो धारणा मार्फत सहजीकरण गदै अघि बढ्ने निर्णय भएको उपसचिव पोमुले जानकारी दिएका छन ।






















